फेरी छल्कियो अर्चनाको जवानी (भिडियो सहित)


archan-dellala-danceग्ल्यामर नेपाल, काठमाडौं । केही समय अगाडि प्रदर्शनमा आएको चलचित्र ‘ढुवानी’को ‘छलक छलक’ बोलको गीतका कामुक नृत्य प्रस्तुत गरेर चर्चामा आएकी अर्चना देलालले अर्को एक चलचित्रमा आइटम डान्स गरेकी छिन्। कमलकृष्ण निर्देशित फिल्म ‘दमदार’को लागि उनले जाडो मौसमलाई चुनौती दिँदै छोटा कपडा लगाएर आइटम डान्स गरेकी हुन्। आइतबारबार राजधानीको आई क्लबमा ‘जीकज्याक जवानीमा, छल्किने पानीमा, पौडिने धेरै छन् मेरो मस्त जवानीमा’ बोलको गीतमा उनले लोभलाग्दो नृत्य गरेकी हुन्। चारैतिर पुरुषहरुले घेरिएकी अर्चना विना कुनै हिच्किचाहट गीतको तालमा आफ्नो जवानी पोखिरहेकी थिइन्।

अर्चनाले सेक्सी डान्स गरेको उक्त गीतमा मनिषा पोखरेलको आवाज र कमलकृष्णकै शब्द तथा संगीत रहेको छ। यो गीतले अर्चनासँगै फिल्मलाई पनि चर्चामा ल्याउने विश्वास निर्माण पक्षको छ। अर्चनाको आइटम डान्ससँग फिल्मको सुटिङ सकिएको छ। अर्चनाको डान्सले दर्शकहरु लोभिने निर्देशक कमलकृष्णको दाबी छ। उता, सुटिङमै प्रसंंशा भएपनि अर्चना पनि मक्ख छिन्। केही दिन अघि मात्र बंगाली फिल्मको लिड रोलमा अनुबन्ध भएकी उनलाई यो आइटम डान्सले थप उर्जा दिएको छ।

सारा फिल्मस् प्रालिको ब्यानरमा तयार भएको ‘दमदार’ मा सुमन बिष्ट र चन्द्रप्रकाश गौतमले निर्माण गरेका हुन्। चलचित्रमा सविन श्रेष्ठ, रेखा थापासहित निर्देशक कमलकृष्णको मुख्य भूमिका रहेको छ।

SUBSCRIBE 👉