कस्तो होला केकी र विमलेशको ‘मुटु’ ?


nepali-movie-mutuग्ल्यामर नेपाल, काठमाडौं । म्युजिक भिडियोमा असाध्यै मन पराइएको जोडी केकी अधिकारी र विमलेश अधिकारीले अनस्क्रिन रोमान्स गरेको चलचित्र ‘मुटु’ माघ २४ गतेबाट देशभर प्रदर्शन हुने भएको छ। एभरेस्ट सुर्य बोहराले निर्देशन गरेको यो फिल्मको आज राजधानीमा प्रेस मिट आयोजना गरी जानकारी दिइएको छ। फिल्मकी मुख्य नायिका केकीको अनुपस्थितीले कार्यक्रममा केही खल्लो महसुस गरिएको थियो।
bimlesh-and-mukesh
मानवीय जीवनमा हुने मायाप्रेम र सम्बन्धहरुमा आधारित ‘मुटु’ले दर्शकहरुको पनि मन जित्ने विश्वास निर्देशक बोहराले गरे। बोहरा १४ वर्षपछि फिल्म मेकिङमा फर्किएका हुन्। उनले दर्शकको मनोभावना अनुसार नै फिल्म बनाएको बताए। नायक विमलेश पनि फिल्म हिट हुनेमा विश्वास देखिए। आजको कार्यक्रममा अर्का नायक मुकेश आचार्य पनि सहभागि थिए।
everest-surya-bohara
कार्यक्रममा फिल्मको प्रोमो तथा गीत पनि सार्वजनिक गरिएको थियो। गायक राजेश पायल राईले सञ्चालन गरेको कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीले फिल्मलाई सफलताको शुभकामना दिए। यो चलचित्रको विश्वका अन्य मुलुकमा सफल प्रदर्शन भइसकेको छ। ती देशहरुमा पाएको सकारात्मक प्रतिक्रियाले पनि निर्माण पक्ष हौसिएको हो।

बिष्णुमाया गुरुङ कार्यकारी निर्माता रहेको ‘मुटु’मा वसन्त सापकोटा र सुरेन्द्र शाहको संगीत रहेको छ। एक्सन सुर्य थोकर, कोरियोग्राफी गम्भीर विष्ट र सुरेन्द्र शाह र सम्पादन मित्र गुरुङको रहेको छ।

SUBSCRIBE 👉