वडा नम्बर ६ को मुखियामा निर शाह चुनिए


Nir-Shah-Senior-Artistग्ल्यामर नेपाल, काठमाडौँ ।
चर्चित हाँस्य कलाकाहरु दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्माको संयुक्त लगानीमा निर्माण हुन लागेको नेपाली फिल्म “वडा नम्बर ६” मा वरिष्ठ फिल्मकर्मी निर शाह मुखियाको भूमिकामा देखिने भएका छन्। शाहसँगै फिल्ममा अर्का चर्चित हाँस्यकलाकार राजाराम पौडेल अनुबन्धित भएका छन्। उज्जवल घिमिरेले निर्देशन गर्ने फिल्मको छायाँकन छिट्टै नै सुरु हुने भएको छ।

दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल र प्रियंका कार्कीको मुख्य भूमिका रहने फिल्ममा अभिनेता दयाहाङ राईलाई केही दिन अघि अनुबन्ध गरिएको थियो। विल्सन विक्रम राई (तक्मे बुढो) र शिवहरी पौडेल सँगै नायक किशोर खतिवडा फिल्ममा अतिथि भूमिकामा रहने छन्। निर्मात्री दिपाश्री निरौलाको अभिनय फिल्ममा रहने वा नरहने बारे निर्माण युनिटले खुलाउन चाहेका छैनन्।

सुगम पोख्रेल, बसन्त सापकोटा, राजनराज शिवाकोटी र दिपक शर्माको संगीत रहने फिल्म ‘वडा नम्वर ६’ का चार वटा गीतमा अन्जु पन्त, सुगम पोख्रेल, प्रल्हाद तिमल्सिना, प्रिती कौर लगायतका गायक गायिकाको आवाज सुन्न पाईनेछ। करिब ७० लाखको बजेटमा तयार हुने फिल्मको छायाँकन तालिका अनुसार ३५ दिनमा छायांकन सकिने छ।

SUBSCRIBE 👉