बन्द हुँदै सपने सुहाने लडकपन के


Hindi-Telefilmभारतीय टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित टेलिफिल्म ‘सपने सुहाने लड़कपन के’ अब बन्द हुने भएको छ । समाचार अनुसार हाललाई केटी र रचनाको कथालाई जोड दिइएको यो सिरियल यो महिनाको अन्त्यमा बन्द हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टेलिफिल्मको निर्माण पक्षले केटी र रचनाको विवाह गराइदिएर सुखद समापन दिन चाहेका छन् । अब यो टेलिफिल्मको स्थानमा बिन्नी शर्माको नयाँ शो शुरु हुनेछ, जसको निर्माण शाकुन्तलमले गर्दैछ । आम दर्शकमाझ चर्चित बनेको यो टेलिफिल्मको बन्द हुने कुराले दर्शकलाई दुःखी बनाउने अनुमान गरिएको छ ।

SUBSCRIBE 👉