पछाडी सर्यो ‘फुलैफूलको मौसम तिमीलाई’


ग्ल्यामर नेपाल, काठमाडौँ ।
नेपाली फिल्मी बजारमा फिल्मको रिलिज मिति सारिनु, बिदाको समय, चाड पर्बको राम्रो समयमा फिल्म रिलिज गर्न निर्माताहरुको तछाड मछाड हुनु कुनै नौलो कुरा होइन। आउदो नयाँ वर्षको समय पारेर चैत २७ गते नेपाली फिल्मी बजारमा फिल्महरुको रणसंग्राम हुने अनुमान गरिएको थियो। यो मितिमा नेपाली फिल्मीनागरिका चर्चित चार हस्तिका फिल्महरु भिडन्तका लागि लगभग तयार नै भैसकेका थिय। यो मितिबाट कुनै पनि हालतमा पछि नहट्ने अडान ती फिल्महरुका निर्माताहरुले लिएका थिए।

सो मितिमा तीन फिल्महरु बिकाश आचार्यको ‘नाई नभन्नु ल-३, निर शाहको ‘सेतो बाघ’ र छविराज ओझाको ‘ हवल्दार सुन्तली’ले आफ्नो प्रदर्शन मिति पहिले नै घोषणा गरिसकेको थियो। तर सोहि मितिमा दिनेश डिसी निर्देशित ‘फुलैफूलको मौसम तिमीलाई’ले पनि आफ्नो मिति घोषणा गरेको थियो।ffmtतर सोही मितिमा रिलिज हुने भनेर घोषणा गरिएको दिनेश डिसी निर्देशित ‘फुलैफूलको मौसम तिमीलाई’ले आफ्नो चैत २७ गते को निर्धारित प्रदर्शन मितिबाट पछाडी सरेको छ। फिल्म अब २०७२ वैशाख ११ गते प्रदर्शनमा आउने भएको छ। तीन फिल्महरुले आफ्नो प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा निर्देशक डिसीले सोही मितिमा आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गर्नुलाई धेरैले ‘पब्लिसिटी स्टन्ट’का लागि मात्र भएको अनुमान गरेका थिए।

वैशाख ११ गते पनि अभिनेता विनय श्रेष्ठको फिल्म ‘रेशम फिलिली’ प्रदर्शनमा आउने पहिले नै पक्का भैसकेको छ। सो मितिमा ‘रेशम फिलिली’सँग डिसीको फिल्म ‘फुलैफूलको मौसम तिमीलाई’ को भिडन्त हुने भएको छ। ‘रेशम फिलिलि’को ‘जालैमा’ बोलको लिरिकल गीत आजभोलि यूट्यूवमा ‘भाइरल’ बन्दै गइरहेको छ।

SUBSCRIBE 👉