के कारणले आधिकारिक रूपमा नै रोकियो चर्चित हाँस्य शृंखला “तीतो सत्य” ?


चर्चित हाँस्य टेली शृंखला “तितो सत्य” आधिकारिक रुपमा नै बन्द गरिएको दिपक राज गिरीले घोषणा गरेका छन्। दर्शकहरुले अव “तितो सत्य” टेलिभिजनमा हेर्न पाउने छैनन्। दिपक राज गिरिले भबिष्यमा पनि फेरी नयॉ सोचका साथ हास्य धारावाहिक तथा चलचित्र निर्माण लाइ निरन्तरता दिने बताउदै फेसबुकमा स्ट्याटस् पोस्ट गर्दै “तितो सत्य” बन्द गरिएको जानकारी दिएका हुन्। के कारणले तितो सत्य रोकियो उनले बताएका छैनन्।deepa shree niraula deepak raj giri comedy actor of nepal

फेसबुकमा उनको स्ट्याटस् एस्तो छ:
आदरणिय दर्शक महानुभाबहरू ६०० भाग सम्म निरन्तर प्रसारण भैरहेको नेपालकै सबैभन्दा लामो हास्य धारावाहिक “तीतो सत्य ” अब नेपाल टेलिभिजनमा बाट प्रसारण हुने छैन। पछिल्लो समय धेरै पटक पूराना भागहरू दोहोरिने, नयॉ बिषय बस्तु नआउने र बिभिन्न बाधाहरू बिच दर्शकहरू को चाहनालाइ सम्बोधन गर्न नसकिएको अबस्थालाइ बिचार गर्दा, जबरजस्ति कार्यक्रमलाइ टिकाइ रहनु भन्दा पछाडि हटनु नै उपयुक्त ठानि यो १२ बर्षे यात्रालाइ पूर्ण बिराम दिने निर्णय गरेका छौ। यो लामो समय साथ दिने आदरणिय दर्शक, नेपाल टेलिभिजन, सोम दाइ, मीडिया हब कलाकार टेक्निशियन लगायत सम्पूर्ण बिज्ञापनदाता हरूमा ह्दय देखि धन्यबाद दिन चाहन्छौ।

कूनै पनि बिश्राम शक्ति संचयका लागि हुनु पर्छ अत: यो पनि छोटो बिस्राम मात्रै हो। तीतो सत्य यूनिटले दर्शकहरू माझ सबै हास्य कलाकारको सहयोगमा ” छ एकान छ” वडा नम्बर छ” जस्ता चलचित्र पनि नयॉ सोचकै कारण निर्माण गर्न सफल भयो अत: भबिष्यमा पनि फेरी नयॉ सोचका साथ हास्य धारावाहिक तथा चलचित्र निर्माण लाइ निरन्तरता दिने नै छ, दर्शकको माया निरन्तर पाउने आशा भरोसा सधै झै मनमा सॉचेर बिदा हूदैछौ। हॉस खेल गर्दैमा छूटिने बेला भो आजको दिनैमा।
जय नेपाल
Deepak Raj Giri tito satya stop Facebook Status

SUBSCRIBE 👉