बेल्जियममा “फन्को” को रेड कार्पेट प्रिमिएर सो। फिल्मको डिमाण्ड बढ्यो


नेपालमा माघ एक गते रिलिज हुने भनिएको चलचित्र फन्कोले युरोपको बेल्जियमबाट रेडकार्पेट सहित प्रिमियर गरेको छ। चलचित्रले गत सोमबार नोभेम्बर २३ मा बेल्जियमको सिनेमाहल जेड लुभेन बाट प्रर्दशन गरेकोे हो। सुरुमा एक शो मात्र प्रर्दशन गर्नेे भनिए पनि दर्शकहरुको अत्याधिक चापले गर्दा चलचित्रलाई अर्को शो थप गरी दुई सो प्रर्दशन गरीएको निर्माता शहदेब गौतमले बताए। दोश्रो शो मा पनि दर्शकहरुको चाप बढेपछि फन्कोलाई आगामी २९ तारिखका दिनमा अर्को दुई शो गर्ने तयारी गरिएको छ।

nepali movie fanko posterचलचित्र फन्को हेर्ने बेल्जियमका नेपाली दर्शकहरुले चलचित्र उत्कृष्ठ बनेको प्रतिकृया दिएका छन। चलचित्रले आम नेपाली युवायुवतीहरुको मोटो रकम कमाउने मोहको कथा बोलेको र चलचित्रको प्रस्तुतीले अत्यन्तै मन छोएको दर्शकप्रतिकृया छ। चलचित्र हेरीसकेपछिा दर्शकहरुले खुलेर चलचित्रको तारिफ समेत गरेका थिए। चलचित्रमा दयाहाँग राई,सौगात मल्ल,प्रिंयका कार्की,केकी अधिकारी,अनुप बरालको अभिनय तारिफयोग्य भएको बताईएको छ।

बेल्जियममा एउटै सिनेमालाई एकै ठाउमा हाउसफुलका साथ यति धेरै शो गरीएको यो पहिलो चलचित्र हो। चलचित्र थ्रिर्लर सस्पेन्स रहेकाले खुबै चासोका रुपमा दर्शकहरुले हेरेका थिए।

सुवर्ण थापाले निर्देशन गरेको फन्को, नेपाली मनको चलचित्र रहेको दर्शकहरुको प्रतिकृया छ। मल्टिस्टार कलाकारहरु सौगात मल्ल,दयाह्यांग राई,अनुप बराल,प्रियका कार्की,केकी अधिकारी लगाएतका कलाकारहरुले अभिनय गरेको यो चलचित्रमा कमेडी,सस्पेन्स,हास्य संगै सामाजीक कथालाई उठान गरीएको छ।

सौगात मल्ल नेताको ड्राईभरको भुमिकामा देखिएका छन भने केकी ड्राईभरको श्रीमतिको भुमिकामा देखिदै छिन। यो चलचित्रमा नायिका प्रियका कार्की र दयाह्यांग राई अलि फरक भुमिकामा देखाईएको छ। प्रियका दयाको पार्टनरको भुमिकामा रहेकी छिन। चलचित्रमा दया र प्रियकाको पार्टनर कस्तो कार्यमा रहेको छ नखुलाईए पनि पैसाको लागी महादेबको तिन नेत्र भने जस्तै पैसाको पछाडी दगुर्नेे आम युवा युवतीको फन्कोको कथन रहेको निर्देशक थापाले बताएका छन।

पदम गुरुङको प्रस्तुतीमा नरेन्द्र महर्जन र शहदेब गौतमको लगानीे चलचित्र रहेको छ। दुई गित समाबेश रहेको यो चलचित्रमा चेतन सापकोटाको संगितमा गायिका ईन्दिरा जोशी स्वयंले “म त लोकल ब्युटी” बोलको गितमा नृत्य समेत गरेकी छिन। एक साता अघि सार्बजनिक गरिएको यो गितलाई दर्शक श्रोताहरुले मन पराएका छन। चलचित्र राम्रो बनेकाले दर्शकहरुले मनपराउनेमा निर्माता महर्जन ढुक्क छन।

चलचित्रलाई युरोपको बेल्जियमका बिभिन्न स्थानमा शो पश्चात ,फिल्याण्ड,डेनमार्क,अस्ट्रीया,ईटालि,स्पेन,पोर्चुगल,फ्रान्स लगाएतका देशहरु र अमेरिका अस्ट्रेलिया देशहरुमा पनि प्रर्दशन गर्ने बताईएको छ।

SUBSCRIBE 👉