नायिका पुजना प्रधानको चकलेट फोटो सेसन – हेर्नुहोस् फोटो ग्यालरी


चलचित्र ‘हिरो’ बाट अभिनेत्रीका रूपमा रजतपटमा उदाएकी अभिनेत्री हुन् पूजना प्रधान। मोडलिङमा सक्रिय हुँदाहुँदै चलचित्रमा आएकी पूजनाले करिब डेढ दशक लामो अभिनय करियरका क्रममा विभिन्न उतार चढाव बेहोरेकी छिन्। कहिले आफ्नो नामको पछाडि ‘स्त्री’ जोडेर त कहिले आध्यात्मिक क्षेत्रमा सक्रिय भएर पूजनाले आफूलाई चर्चामा ल्याइरहिन्।

Actress Pujana Pradhan Photo

Actress Pujana Pradhan | Photo : Mahesh Pradhan / Kantipur Saptahik

चलचित्र ‘रक्षा’ मा कामुक शैलीको भूमिका निर्वाह गरेर विवादमा समेत परेकी पूजना बिन्दास शैलीका फोटोसेसन गरेर समेत दर्शकको ध्यान आकर्षित गर्न सफल छिन्। केही वर्षयता आफ्नो व्यक्तित्वमा १ सय ८० डिग्रीको परिवर्तन आएको पूजनाले बताएकी छिन्। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘चकलेट’ को प्रोमोसनमा व्यस्त पूजनाले फोटोसेसन गर्ने क्रममा ‘चकलेट’ सामाजिक विषयवस्तुमा आधारित चलचित्र भएको मात्र दाबी गरिनन्, चलचित्रको व्यवसायबाट आएको सम्पूर्ण रकम अनाथ बालबालिकाहरूको आवास तथा विद्यालय भवन निर्माणमा खर्च गर्नेसमेत बताइन्। ‘अब म पूर्ण रूपमा समाजसेवामा सक्रिय हुँदै छु, कुनै बेला कामुक नायिकाको छवि बनाएकी पूजना भन्छिन् ‘समाज सेवाको थालनी गरिसकेकी छु, चकलेटमार्फत त्यसलाई गति दिन गैरहेकी छु।

तस्बिरमा देखिएकी बालिका तेजस्वी प्रधान हुन्। तेजस्वीले पनि चलचित्र ‘चकलेट’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्।

Actress Pujana Pradhan HD Wallpapers – Download Free – Click Here

शब्द : कृष्ण भट्टराई / तस्विर : महेश प्रधान / – कान्तिपुर साप्ताहिक बाट

SUBSCRIBE 👉