नर्सिङ पढ्दै गरेकी श्रीतिका गुरुङको मोेडलिङ [फोटो ग्यालरी]


Shritika Gurung Kantipur Saptahik Model Posterश्रीतिका गुरुङको फिल्ड त बेग्लै हो। यद्यपि उनमा मोडलिङको मोहसमेतछ। पोखरा बगरकी २० वर्षीया श्रीतिकाले भर्खरै मात्र फिस्टेल नर्सिङ क्याम्पसबाटतेस्रो वर्षको अध्ययन सकेकी छिन्। सानैदेखि मोेडलिङमा रुचि भएकी गुरुङले अध्ययनका कारण यसलाई अघि बढाउन पाएकी थिइनन्। अब भने यो क्षेत्रमा पनिअघि बढ्ने सोचमा छिन् उनी। उचाइ, शारीरिक बनोट र सुन्दरताले समेत उनलाई मोडलिङकोरंगीन दुनियाँमा आउन सहयोग गरेको छ। भर्खरैमात्र उनले लेकसाइडका विभिन् स्थानमा आकर्षक पोजमा पहिलो फोटोसेसन गराइन्।

नृत्य एवं डिजाइनिङमा रुचि भएकी गुरुङले मोडलिङमा लाग्न अध्ययन पनि आवश्यक भएको बताइन्। फरासिली स्वभावकी श्रीतिका विचार पु¥याएर मात्र बोल्छिन्। उनी अनुहारकोसुन्दरताभन्दा पनि मनको सुन्दरतामा विश्वास राख्छिन्। नर्स भएर बिरामीको सेवा संगै फुर्सदमा मोडलिङलाई पनि अघि बढाउने उनले बताइन्। मोडलिङ चिनिने र चिनाउने क्षेत्र हो, गुरुङले भनिन्,- ‘यो क्षेत्रमा केही पृथक् पहिचान बनाउन चाहन्छु।’

श्रीतिका फुर्सदमा नृत्य, घुमघाम एवं पत्रपत्रिका अध्ययनमा रुचि राख्छिन्। ५ फिट ३ इन्च अग्ली गुरुङ मोडलिङलाई खुबी देखाउने प्लेटफर्म मान्छिन्। उनी आफ्नो हेयर स्टाइल पनि भिन्न–भिन्न स्टाइलको बनाउन मन पराउछिन्। प्रेमकाबारेमा भने उनी खुलिनन्। अहिले करियर बनाउने समय हो, त्यतातिर सोचेकी छैन,’ श्रीतिकाले भनिन्।

– कान्तिपुर साप्ताहिक बाट
शब्द : शिव शर्मा
तस्विर : सुरज श्रेष्ठ/एस्टु प्रोडक्सन

श्रीतिका गुरुङको ग्ल्यामरस फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉