पिरतीको खेलमा गायक प्रल्हाद तिमिल्सिना


चलचित्र पाश्र्व गायनमा व्यस्त भईहेका गायक प्रल्हाद तिमिल्सिनाको आधुनिक गीत कमै सुन्न पाइन्छ। केही वर्षअघि ‘महक’ एल्बममार्फत सांगीतिक क्षेत्रमा उदाएका गायक तिमिल्सिनाले गाएका चलचित्रका गीतहरु लोकप्रिय हुन थालेपछि उनी पाश्र्व गायनमै सक्रिय भईरहेका छन्।

Singer Prahlad Timilsina and Actress Barsha Raut

Singer Prahlad Timilsina and Actress Barsha Raut, during the music video ‘Piratiko Khel…’ shooting

यतिबेला उनी ‘महक–२’ दोस्रो एकल एल्बमको अन्तिम तयारीमा छन्। यसै बीच उक्त एल्बमको ‘पिरतीको खेल…’ शीर्षकको गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। विकास चौधरीको संगीत तथा निश्चल श्रेष्ठको शब्दको यो गीतको भिडियोलाई नेपाली चलचित्रका व्यस्त नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेका छन्। भिडियोमा गायक तिमिल्सिना आफैंले अभिनय गरेका छन्। उनलाई नायिका वर्षा राउत तथा सेड्रिनाले साथ दिएका छन्।
– भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉