आफ्नै आमा प्यारो ! स्वदेश फर्किदै गौरी मल्ल


actress-gauri-malla

Gauri Malla

ग्ल्यामर नेपाल, काठमाडौ । सुनौलो भबिश्यको सपनाको कल्पनामा अमेरीका पुगेकी अभिनेत्री गौरी मल्ल स्वदेश फर्किने भएकी छन्। नेपालमा बिरामी परेकी आफ्नी आमा भन्दा अमेरिका प्यारो नरहेको भन्दै करिब ४ बर्षको अमेरिका बसाई पछि गौरीले स्वेदेश फर्कने निणय गरेकी हुन्।

केहीदिन आगाडी अमेरीका मा नै नेपाली साथीभाइलाई भेटेर गौरीले आफु सधैकालागी नेपाल फर्कन लागेको बताएकी हुन्। भेटघाटमा स्वेशमा बाबु आमालाई एक्लै छोडेर बिदेशमा आफु खुसी हुन नसक्ने बताएकी थिइन्।

अमेरिकामा गौरीको बिदाइकालागी एक कार्यक्रम नै आयोजना भएको थियो। जसमा अमेरीकामा रहेका प्राय नेपाली कलाकारहरुको उपस्थिती थियो। गौरीले स्वदेश र्फकेपछि पुन: चलचित्रमा अभिनय गर्ने योजना पनि बनाएकी छन्।
watch Video >>>

SUBSCRIBE 👉