जासुसी गर्दै प्रियंका र केकी – हाउ फन्नी ट्रेलर


nepali-movie-How-Funnyनिलु डोल्मा शेर्पा निर्देशित फिल्म “हाउ फन्नी” को ट्रेलर तथा २ भिडियो गीत राजधानीमा शनिबार एक कार्यक्रमका बीच सार्बजनिक गरिएको छ। फिल्म मा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, अनुपबिक्रम शाही, शिशिर राणा, विजय बराललगायतको मुख्य अभिनय रहेको छ।

फिल्मको कार्यकारी निर्माता पूर्व मिस नेपाल माल्भिका सुब्बा हुन्। हाल उनि गर्भवती छिन्। कार्यक्रममा माल्भिकाले २०७३ साल बैशाख महिना उनको लागि विशेष रहेको छनक दीइन, फिल्म “हाउ फन्नी” वैशाख १० मा सार्बजनिक प्रदर्शनमा आउने र आफ्नो गर्वमा रहेको बच्चालाई १७ गते बच्चालाई जन्म दिने बताइन्।

Priyanka-Karki-Happy-Birthdayफिल्मकी अभिनेत्री प्रियंका कार्की शनिबार बाट २९ औं वर्षमा प्रवेश गरिन्। कार्यक्रममा प्रियंकालाई फिल्म युनिटले जन्म दिनको शुभकामना दिए। अभिनेत्रीले कार्कीले जन्मदिनको केक काटिन्। चलचित्र बिकास बोर्ड, निर्देशक समाज, कलाकार संघ र प्राविधिक संघका अध्यक्षहरु क्रमशः राजकुमार राई, दिनेश डिसी, रामकेशर बोगटी र पुष्कर लामाले केक काट्नमा सघाए।

अभिनेत्री कार्कीले जन्मदिनमा आफ्ना फ्यानका लागि हाउ फन्नीको ट्रेलर उपहार भएको बताइन्। फिल्ममा अभिनेत्री प्रियंका कार्की र केकी अधिकारीलाइ जासुसको भूमिकामा हेर्न सकिन्छ।

SUBSCRIBE 👉