मुम्बईका फोटोग्राफरको नजरमा नायिका सुरबिना कार्की


Nepali Actress Surbina Karki नायिका सुरबिना कार्कीले मुम्बईका फोटोग्राफर जितु सबलानी सँग हालै फोटो सेसन गरेकी छिन। मुम्बईस्थित फेसन कलेज एकेडेमीमा सुरबिनाको फोटोसुट गरिएको थियो। सुरबिनाका अनुसार अहिले उनका तस्बिरहरु मुम्बईका राम्रा मोडलिङ तथा विज्ञापन एजेन्सीहरूमा पठाइएको छ। मोडलिङसम्बन्धी कुनै राम्रो काम भए उनलाई मुम्बई बोलाइनेछ।

सौगात मल्ल तथा कर्मासँग हालै चलचित्र लुकामारीमा अभिनय गरिसकेकी सुरबिना भन्छिन् “यो क्षेत्रमा मेरो आगमन राम्रो तरिकाले भएन, तर अब भने हरेक पाइला विचार पुर्‍याएर चालिरहेकी छु।” बलिउडमा सम्भावनाको प्रसंगमा कार्कीले भनिन्यो ” फोटोसुट पछि त्यस्तो सम्भावनालाई नकार्न सकिँदैन, तर मलाई सबैभन्दा पहिले नेपालमै स्थापित हुनु छ।

यस अघि चलचित्रहरु झेली, नाइके तथा सुश्री मा अभिनय गरिसकेकी छिन्। उनि अभिनित ति चलचित्रहरुले ब्यापारिक असफलता व्यहोरे पनि सुरबिनाको चर्चा भने राम्रै सँग भईरहेकै हुन्छ।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉