नेपाल अफ्रिका फिल्म फेष्टिबलमा ‘राहदानी’ र ‘हिउँ चितुवा’

Nepali Movie Rahadani, Directed by Dabbu Kshetri

Nepali Movie Rahadani, Directed by Dabbu Kshetri

ग्ल्यामर नेपाल, काठमाडौं। नेपाल र अफ्रिकामा रहेका फिल्मलाई प्रदर्शन गर्दै सांस्कृतिक सद्भाव आदानप्रदान गर्ने उद्देश्यले राजधानीमा ‘चौथो नेपाल अफ्रिका फिल्म फेष्टिबल २०१४’ हुने भएको छ। कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन (सिजेएमसी) ले सन् २०११ देखि आयोजना गर्दै आएको फेस्टिबलमा यसपटक नेपालको तर्फबाट सञ्चारकर्मी तथा निर्देशक डब्बु क्षेत्रीद्वारा निर्देशित फिल्म ‘राहदानी’ र समन अधिकारीद्वारा निर्देशित ‘हिउँ चितुवा’ प्रदर्शन गरिने भएको छ। फेस्टिवल जेठ ६ देखि जेठ ८ गतेसम्म राजधानीको रसीयन कल्चरल सेन्टरमा आयोजना हुनेछ।

कलेजका निर्देशक तथा प्रिन्सिपल डा. मञ्जु मिश्रले अफ्रिका र नेपालबीच सांस्कृतिक आदानप्रदान तथा विकासका लागि सहयोग पुगोस् र दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनोस् भन्ने उद्देश्यले फेस्टिबल आयोजना गर्न लागिएको बताईन् । ‘फेस्टिबलमा प्रदर्शन हुने अफ्रिकी फिल्मले अफ्रिकी भू–राजनीति, समाज, जनजीवन, संस्कृति नियाल्न र बुझ्न मद्दत गर्नेछन्।’ उनले भनिन्।

फेस्टिबलमा डब्बु र समनको सहित सिनेगलको ‘टुकी–बुकी’, युगाण्डाको ‘दि ग्रिन ड्रिम’, घानाको ‘दि गु्रम्स् ब्राइड’, नाइजेरियाको ‘मदर अफ जर्ज’, मोरक्कोको ‘ल इन्फेन्ट इन्डर्मी’, साउथ अफ्रिकाको ‘वीनी मण्डेला’, कंगोको ‘वार वीच’ र ‘ल इन्भी लुष्ट’ छन्।

SUBSCRIBE 👉