
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’को ट्रेलर रिलिज भएको छ। निर्माण टिमले पत्रकार सम्मेलन गर्दै ३ मिनेट १ सेकण्ड लामो ट्रेलर रिलिज गरेको हो।
ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई बाचन गरिएको छ। रिण खोजेर अष्ट्रेलिया पुगेका युवाहरुको सपना पीआर लिने भन्ने हुन्छ। तर यता नेपालबाट रिणमा पठाएको छोराले पैसा पठाउन नसक्दा र उताको परिस्थिति बुझ्न नसक्दाको अवस्थालाई निर्देशक बस्नेतले पर्दामा उतारेका छ।
यहि मंसिर २६ गतेबाट अल नेपाल रिलिज हुन लागेको यस फिल्मको प्रचारकालागि अष्ट्रेलियामा बसोबास गर्दै आएका कलाकार आर ए सुरज पौडेल, विनिता कार्की नेपाल आएका छन्। उनीहरुको मुख्य भुमिका रहेको यस फिल्ममा राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्की छन्।
फिल्मको ट्रेलरमा नीर शाहको बोलेको ‘नेपालीको जवानी अष्ट्रेलियामा लगानी’संवादले दर्शकको मन छुनेमा निर्माण पक्षको बुझाई छ।
फिल्म ‘पीआर’को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्।
