नीता ढुङ्गाना फिल्मस्को ‘पार्वती’ले छायाँकन अगाबै तोक्यो प्रदर्शन मिति

नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ चैत २४ गतेबाट छायाँकनमा जाने तयारीमा छ। छायाँकनमा जानु अगाबै फिल्म निर्माण युनिटले फिल्म प्रदर्शन मिति घोषणा गरेको छ।


Nepali Actress Neeta Dhungana Photo

Actress Neeta Dhungana

नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ चैत २४ गतेबाट छायाँकनमा जाने तयारीमा छ। नीता ढुङ्गानाले निर्देशन गर्ने यो फिल्ममा निता आफै मुख्य भुमिकामा अभिनय गर्दैछिन्। फिल्मना नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहनेछ।

नीता ढुङ्गानाले फिल्मलाई आगामी भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने बताइन्। उनले भनिन्,‘हामी यहीँ चैत २४ गतेबाट फिल्मको छायांकनमा निस्किदैछौँ। र हामीले वितरक तथा सबैसँगको सल्लाह अनुसार फिल्मलाई आगामी भदौ १२ गतेबाट रिलिज गर्ने घोषणाको तयारीमा पनि छौँ।’

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन्।

सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्। उनी पहिलो पटक यस फिल्ममा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन्।

यस फिल्ममा प्रोडक्सन शंकर पाण्डेले हेर्दैछन् र कार्यकारी निर्माता पनि उनै रहेका छन्। फिल्मको सम्पादन साहिल खानको रहने छ भने यस फिल्मको पोस्टर डिजाइन् रोयल भिमसेनले गर्ने भएका छन्।

SUBSCRIBE 👉