बलिउड अभिनेता शत्रुघन सिन्हा काठमाडौंमा


shatrughan-sinha-kathmanduग्ल्यामर नेपाल, काठमाडौँ
बलिउड अभिनेता शत्रुघन सिन्हा काठमाडौं आईपुगेका छन्। व्यक्तिगत भ्रमणको सिलसिलामा उनी बुधबार अपराह्न काठमाडौं आइपुगेका हुन्। पत्नी पुनम सिन्हा, निर्माता प्रल्हाद निहलानी तथा परिवारका केही सदस्यका साथ उनी नेपाल आएका हुन्।

विमानस्थलमा पत्रकारहरु संग कुराकानीका क्रममा उनले भने, ‘निजी भ्रमणकालागी नेपाल आएको हुँ, नेपालको वातावरण र नेपालीसँग नजिक हुदाँ आनन्द आउँछ।’ शत्रुघनले भ्रमणको क्रममा आफ्नो कुनै औपचारिक कार्यक्रम नभएको बताए। ‘नेपालको मायाले यहाँ आइरहन मन लाग्छ’, तीसौं पटक नेपाल भ्रमण गरिसकेका उनले भने ‘पशुपतिनाथको दर्शन गर्नका लागि पनि नेपाल आएको हुँ।’

शत्रुघनले देव आनन्दको फिल्म प्रेम पुजारीबाट फिल्मी यात्रा सुरु गरेका हुन्। उनि अभिनित पहिलो प्रदर्शित फिल्म सन् १९६९ को ‘साजन’ हो। सन् ७० र ८० को दशकमा बलिउडमा छाएका उनी पछिल्लो समय माहुवा च्यानलमा कौन बनेगा करोडपतिको भोजपुरी संस्करण कार्यक्रम सञ्चालन गर्दछन्। उनले दुई चलचित्रको निर्माण पनि गरेकी छन्।

SUBSCRIBE 👉