‘इच्छामा मेरो भूमिका बोल्ड छ’


Deep-Shikha-Shahiग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म ‘खोज’बाट रजतपटमा डेव्यू गरेकी नायिका दीपशिखा शाहीले ‘मानव’, ‘रङ’, ‘सेफ ल्यान्डिङ’, ‘भिजिलान्ते’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन् । उनी अभिनित पछिल्लो फिल्म ‘इच्छा’ आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुँदैछ ।

यो फिल्मलाई निकै महत्वकांक्षी मानेकी उनले फिल्ममा आफ्नो बोल्ड भूमिका भएको बताएकी छन् । ‘यसअघिका फिल्ममा मेरो सोलो रोल थिएन । त्यसकारण पनि अगाडी आउन सकिन । यसमा म नायिका म मात्रै छु । अरुमा भन्दा भूमिका पनि राम्रो र बोल्ड छ,’ उनले भनिन्, ‘मेरो पूर्ण कला देखाउन पाएकी छु । फिल्मले मलाई अग्रणी नायिकाको सूचीमा ल्याउन मद्धत पु¥याउनेछ भन्नेमा विश्वस्त छु ।’

फिल्मको पब्लिसिटमा खासै अगाडि नदेखिएकी नायिकाले आफु र निर्देशक मुनाल घिमिरेबीच सञ्चार सम्पर्क नभएकाले पब्लिसिटीमा नदेखिएको उनले खुलाईन् । ‘मेरो नितान्त व्यक्तिगत कामले गर्दा सम्पर्कमा आउन सकिन, मैले फिल्मलाई एकदमै मिस गरिरहेकी थिएँ । अघिल्लो रिलिज मितिमा उपस्थित हुन नसक्नुमा मेरो व्यक्तिगत काम मात्र हो ।’ उनले भनिन्।

SUBSCRIBE 👉