प्रिमियरमा इच्छाको तारिफ


Ichha-Premiereकाठमाडौ । आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘इच्छा’ ले राजधानीमा सोमबार फिल्मकर्मी र पत्रकार माझ प्रिमियर शो गरेको छ । राजधानीको चाबहिलस्थित एफक्यूब सिनेमामा गरिएको प्रिमियरमा फिल्म हेर्ने प्राय सबैले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।

यसअघि दुई फिल्म निर्माण गरेर यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक मुनाल घिमिरेले आफुले सधै नेपाल र नेपाली भित्रका तर नदेखिएका कथालाई फिल्ममा रुचाउने हुँदा ‘इच्छा’लाई पनि मौलिक नेपाली फिल्म बनाएको जिकिर गरे ।

नायक सुवास थापाले फिल्म हेरेपछि आफ्नो भुमिका आफैलाई मन परेको बताए । उनले यो फिल्म हेर्दा दर्शक निराश हुनु नपर्ने ठोकुवा गरे । त्यस्तै नायिका दीपशिखा शाहीले यो फिल्म आफ्नो फिल्मी करियरको विधाता रहेको बताइन् । अर्का नायक दयाहाङ राई भने व्यस्तताको कारण प्रिमियरमा सहभागी भएनन् ।

ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ । विवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको यस फिल्ममा गम्भीर विष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको छ ।

SUBSCRIBE 👉