निर्देशक दीपकको अन्तिम फिल्म आउँदै


काठमाडौं । स्वर्गीय निर्देशक दीपक रायमाझीले निर्देशन गरेको अन्तिम फिल्म ‘चाँडै आऊ है’ आगामी साउन २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । यो फिल्म उपत्यका र मोफसलका सहित झण्डै ७० हलहरुबाट एकसाथ प्रदर्शनमा आउन लागेको हो ।

केहि बर्ष अगाडी जाजरकोटमा फैलिएको झाडापखालाको महामारी तथा वैदेशिक रोजगारीले निम्ताएको पीडाको कथामा बनेको फिल्मले विशुद्ध नेपाली परिवेशलाई समेटेको निर्माण पक्षले जनाएको छ ।

Chadai Aau Hai

फिल्ममा सुमन सिंह, झरना थापा, अयुब केसी र नीता ढुंगानाले प्रमुख भूमिकामा अभिनय गरेका छन् । नायिकाका रुपमा नीताको यो डेब्यु फिल्म हो । केहि वर्ष अगाडि नै निर्माण भई विविध कारणले रिलिजमा ढिलाई भएको फिल्म डेबिड श्रेष्ठको प्रस्तुतिमा महेश स्थापितले निर्माण गरेका हुन् ।

प्रदर्शनपूर्व फिल्मले पीडितहरुको सहयोगार्थ विशेष च्यारिटी–शो गर्दैछ । चेतन सापकोटाको संगीत रहेको फिल्ममा राजु शाहको नृत्य र दिव्य सुवेदीको छायांकन छ ।

SUBSCRIBE 👉