वर्षाले विनोदलाई ल्याङ्ग ल्याङ्ग गरेपछि बन्यो एस्तो मास्टर प्लान

मंगोलियन नाम्जा डान्स समुहको जोडदार नृत्य सहितको यो म्युजिक भिडियोमा वर्षा र बिनोदलाई शिशिर खातीले मज्जाले नचाएका छन्। गीतमा गोविन्दराज शिवाकोटीको शब्द, शंकर थापाको संगीत र कृष्ण भट्टराईको स्वर छ।


मोडल तथा नायिका वर्षा राउत अभिनित नयाँ म्युजिक भिडियो रिलिज भएको छ। भिडियोमा बर्षालाई मोडल बिनोद न्युपानेले साथ दिएका छन्। ‘कुल कुल… ल्याङ्ग ल्याङ्ग…’ बोलको यो गीतमा गोविन्दराज शिवाकोटीको शब्द, शंकर थापाको संगीत र कृष्ण भट्टराईको स्वर छ।

यो म्युजिक भिडियोमा वर्षा र बिनोदलाई शिशिर खातीले मज्जाले नचाएका छन्। मंगोलियन नाम्जा डान्स समुहको जोडदार नृत्य सहितको यो म्युजिक भिडियोलाई शिशिर नै निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।

कुल कुल… ल्याङ्ग ल्याङ्ग… भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

नवराज उप्रेतीले खिचेको यो भिडियोलाई राम प्रसाद चौधरीले सम्पादन गरेका हुन्। “कुल कुल” शिर्षक रखिएको एल्बमको यो गीतका गायक कृष्ण भट्टराईको एस अघि “माया लाएर घाटा परेँ म…” बोलको म्युजिक भिडियो सार्बजनिक भईसकेको छ।

SUBSCRIBE 👉