छक्कापञ्जा ४ ट्रेलर: गुण्डागर्दी देखि नेता सम्म एक चरित्रको यात्रा


प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा’को ४ को ट्रेलर रिलिज भएको छ। तीन मिनेट २० सेकेण्ड लामो ट्रेलरले गुण्डागर्दीदेखि नेतासम्म एक चरित्रको यात्रालाई प्रस्तुत गर्छ। राजा नामक शीर्ष चरित्रले चारखाल सुधारगृहदेखि सिंहदरबारसम्म गरेको राजनीतिक यात्राको कथा वरपर फन्को मार्छ। चुनाव सुरु भएसँगै राजा नामक पात्र सुधार गृहबाट निस्कन्छ र नेताको लागि भोट माग्छ।

फिल्ममा राजा पात्रको भूमिका दीपकराज गिरीले गरेका छन्। अभिनेत्री बेनिशा हमाल पत्रकारको भूमिकामा देखिएकी छिन्। ट्रेलरमा पत्रकार र नेताबीचको सम्बन्धलाई पनि कटाक्ष गरिएको छ। दीपाश्री निरौलालाई दीपकराज अर्थात् राजाकी पत्नीको भूमिकामा प्रस्तुत गरिएको छ। नीर शाह, अनुरागमान सिंह कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्य पनि फिल्ममा महत्वपूर्ण भूमिकामा छन्।

हेमराज बीसी निर्देशित यो फिल्म फागुन १९ गते बाट रिलिज हुदै छ। आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो।

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.