मिरुना संग बिवाह गर्न दयाहाङलाई घरज्वाइँ बस्नु पर्ने शर्त

मगर संस्कृति र संस्कारलाई देखाउने फिल्म ‘घरज्वाइँ’ मा दयाहाङ राईलाई घरज्वाइँ बस्नु पर्ने शर्त राखिएको छ। मिरुनालाई विवाह गर्न उनले घरज्वाइँ बस्नु पर्ने शर्त स्वीकार गर्लान कि नगर्लान फिल्म रिलिज नै प्रतीक्षा गर्नु पर्ने देखिन्छ।


अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ। दुई मिनेटको टिजरमा अभिनेता राईले मिरुनालाई पाउन गरेको संघर्षलाई देखाइएको छ। फिल्मले मगर संस्कृति र संस्कारलाई देखाउनेछ। टिजरमा मिरुनालाई विवाह गर्न दयाहाङलाई घरज्वाइँ बस्नु पर्ने शर्त राखिएको देखाइएको छ।

अनिल बुढा मगरको निर्देशन रहेको फिल्ममा जनक घर्ती मगरको निर्माण छ। जिएम मुभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायांकन छ। रुकुम पूर्वमा छायांकन गरिएको फिल्ममा निर्देशक अनिलकै कथा, अनिल, विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद छ।

असार २८ गते रिलिज हुने फिल्ममा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ।

SUBSCRIBE 👉