मन पराउने हजार छन्, जुनी काट्ने भेटेको छैन- गायिका सुनिता दुलाल


sunita-dulalसिन्धुपाल्चोक जलवीरेबाट काठमाण्डौं आउदा गायिका बनेर नाम कामाउछु भन्ने सोच राख्ने सुनितालाई यति धेरै चर्चित बन्छु होला भन्ने लागेको नै थिएन । जीवनको तेईस बसन्त पार गरेकी गायिका सुनिता दुलालले यसपालीको तीजमा पनि एल्बम ‘मेरो हजुर’ लिएर बजारमा आएकी छिन् । आर जे , भी जे हुदै गायिकाको रुपमा आफूलाई स्थापित गराएकी सुनिता दुलाल पछिल्लो समय निक्कै ब्यस्त रहने गायिका हुन् । तीजको गीत गायिकाको रुपमा चर्चित सुनितालाई जब जब तीज नजिकिन्छ तब तब भ्याई नभ्याई हुन्छ । टिभीमा पनि लोकगीत संगीतका कार्यक्रम चलाउने उनका दर्जनौ एल्बमहरु बजारमा आइ सकेका छन् । लोक, आधुनिक गित गाउँदै उनले नेपाली सिनेमा ‘प्रितीको फुल’ ‘सुरक्षा गार्ड’ लगायतका चलचित्रमा पनि गीत गाइसकेकी छिन् । आफ्ना एल्बमका गीत भडकिलो नभएको बताउने उनै गायिका सुनिता दुलालसँग अर्जुनकुमार संग्रौलाले गरेको कफी गफ:

आजकाल कत्तिको ब्यस्त हुनुहुन्छ ?
तीजको बेलाको त कुरै नगरौ, दिनमै पाँच ठाँऊ सम्म कार्यक्रम परि रहको छ । समय मिलाउन पनि गाहृो भई रहेको छ । तीज फेस्टिभल भनेर धेरै ठाँऊहरुमा कार्यक्रमहरु भई रहेका छन् । ती ठाँउहरुमा माया गरेर बोलाउनु हुन्छ, सकेसम्म त कार्यक्रमहरु छोडदिन तर कतिपय ठाँउमा त समयले गर्दा पनि जान सकि रहेको छैन् । अरु बेला पनि देश विदेशका कार्यक्रमहरुमा ब्यास्त नै छु । धेरै मुलुकहरुमा कार्यक्रम गरिसके । ब्यस्त नै छु भन्नुपर्ला।

तपाई कस्तो किसिमको गायिका ?
तीज गीतबाट मलाई सुनिता दुलाल भनेर सबैले चिन्नु भएको भएता पनि म तीजको गीत गाउने गायिका मात्र होईन् । म सबै किसिमका गीत गाउन सक्छु । मेरो दोहोरी गीत पनि उत्तिकै रुचाईदिनु भएको छ । मैले चलचित्रमा पनि गाएकी छु । म आफुलाई भर्सटायल गायिकाको रुपमा चिनाउन चाहान्छु ।

तपाई कार्यक्रम संचालिका बढी कि गायिका बढी ?
रेडियो, टिभीमा कार्यक्रम चलाउनु मेरो पार्ट टाईम काम मात्र हो तर मेरो पेशा भनेको गायन नै हो । त्यसैले म गायिका अलि बढी हु संचालिका भन्दा ।

संगीतमा लागेर राम्रो जीवनयापन गर्न सकिन्छ त ?
किन नसक्नु मज्जाले सकिन्छ । यदि आफुमा प्रतिभा छ र दर्शकस्रोताले रुचाईदिनु भयो भने संगीतमा पनि रामे्रा भविश्य छ । तर शुरुवातमा स्थापित हुन भने गाह्रो नै छ । दर्शक स्रोतालाई मन पर्ने गीत संगीत पश्किन सक्नु पर्यो। प्रतिस्पर्धा धेरै छ तर त्यो बीचबाट आउन सक्नेलाई भने एकदमै राम्रो छ ।

तपाई राम्री पनि हुनुहुन्छ, नायिका बन्ने सोच छ कि र ?
नायिका बन्ने त मेरो सोच नै छैन । म गायिका नै ठीक छु । चलचित्रबाट अफर नआएको त होईन तर मलाई नै रुचि छैन् । बरु मलाई गायिकाको रुपमा नै दर्शकस्रोताले मन पराईदिई रहनुहोस् भन्ने लाग्छ ।

ब्वाईफ्रेन्ड छ कि छैन र ?
म सिंगल हो, नो ब्वाईफ्रेन्ड ।

अहिलेसम्म पनि प्रपोज गर्ने आँट कसैले गरेन त र ?
हा हा हा……त्यस्तो होइन । प्रपोज त कति आए कति तर स्वीकार्ने दिन आएको छैन । मलाई कक्षा आँठमै पढ्दा पहिलो पटक प्रपोज आको थियो, त्यो पनि एउटा सिंगै डायरी, सायरी र कविताले भरिएको । त्यसपछि त कति हो कति । अब हेर्नुस, मन पराउने त हजार हुन्छन नि तर जुनी काट्ने एउटै हुन्छ, होईन र रु त्यो जुनी काट्ने साथी चाही भेटेको छैन् ।

तपाईको ड्रिम ब्वाई कस्तो होस भन्ने चाहानुहुन्छ त ?
मेरो ड्रिम ब्वाई मेरो पेशालाई सम्मान गर्ने खालको हुनुपर्छ । छोरीमान्छेलाई इज्जत दिने खालको केटा हुनु पर्यो र अर्को कुरा भनेको एकदमै सपोर्टिभ हुनु पर्यो। मलाई बाहिरी रुपरंग भन्दा आत्मा सफा भएको केटाले आकर्सित गर्छ । अहिलेका धेरै सांगितिक जोडीहरुको सम्बन्धमा चिसोपन आएको म आफै पनि पाउछु, त्यसैले विवाह पछिको सम्बन्ध बाचुन्जेल राम्रो होस भन्ने मेरो चाहना हो । बरु मेरो विवाह ढिला होस तर राम्रो होस, म त्यही चाहन्छु ।

तपाईको लागि विवाहवारी पच्चीस बर्ष पारी कि तीस बर्ष पारी ?
हा हा हा….(लामो हाँसो)……..अहिले सम्म मैले कसैलाई पनि म तपाईसँग विहे गर्छु, मलाई वेट गर्नुस भनेर भनेकी छैन तर पनि अपेक्षा गरौ तीस बर्ष पारी हुदैन होला । मलाई लाग्छ मेरो विवाहको कुरा गर्दा पच्चीस बर्ष पारी नै होला जस्तो छ हा हा हा ।

SUBSCRIBE 👉