पहिलो एल्बम ‘महक’ बाटै चर्चित बनेका गायक प्रह्लाद तिमल्सिनाले दर्शक/श्रोताका लागि दोस्रो एल्बम ‘महक २’ छिट्टै बजारमा ल्याउने तयारीमा लागेका छन्। केहि समय अघि एल्बम ‘महक २’ मा समावेश ‘पिरतीको खेल’ बोलको गीतको भिडियो छायाँकन भएको थियो। हालै सोहि भिडियोको प्रोमो सार्वजनिक भएको छ। फुल भिडियो भने केहि दिनमा रिलिज गरिने बताईएको छ।

Actress Barsha Raut and Singer Prahlad Timilsina, During the music video shooting. Pchoto: Kamal Shrestha / Glamour Nepal
भिडियोमा गायक प्रह्लाद तिमिल्सिना, नायिका बर्षा राउत र बल कलाकार सिद्रिनाले अभिनय गरेका छन्। कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा बनेको भिडियोको छायाकार दिर्घ गुरुङ हुन्। भिडियोलाई अर्जुन जि.सी.ले सम्पादन गरेका हुन्। गीतमा निश्चल श्रेष्ठको शब्द रहेको छ भने विकास चौधरीको संगीत रहेको छ।

Actress Barsha Raut and Singer Prahlad Timilsina, During the music video shooting. Pchoto: Kamal Shrestha / Glamour Nepal
यस अघि प्रह्लादले बजारमा ल्याएको पहिलो एल्बम महकमा ‘हे तारा हे घाम’, ‘अप्सरा भनुँ कि’, ‘बारुले कम्मर’, ‘सुनकेशरी नानी’, ‘हेर्दा हेर्दै आकाश’, ‘यो मनलाई’, ‘तिम्रो मनमा’ र ‘ठुला-ठुला आँखा’ बोलका गीतहरु समावेश थिए। यी सम्पूर्ण गीतहरुको भिडियो समेत उनले निर्माण गरेका थिय।
पछिल्लो समय चलचित्रका गीतहरु रेकर्ड गर्नमा नै ब्यस्त रहन थालेका प्रह्लादको अवाजमा रेकर्ड गरिएका चलचित्रका प्राय गीतहरुलाई दर्शक / श्रोतहरुले निकै मन पराएका छन्। चलचित्र नोटबुकको गाला रात्तै, रेखा थापाको कालीको स्लोली स्लोली, नाई नभन्नु ल ३ को कम्मरमा पटुकी, भुल भुलैयाको आँखैमा अनुहार झ्याप्पै, विन्दास २ को माया गरेर हेर, अधकट्टीको तिम्रो फिगर कोका कोला, लगायतका थुप्रै चलचित्रका गीतहरु चर्चामा छन्।