गायिका तथा मोडल बन्ने लक्ष्य बोकेकी ऐश्वर्य राई [फोटो ग्यालरी]


Aishwarya Rai Kantipur Saptahikऐश्वर्य राई स्वभावैले फरासिली छिन्। पूर्वको सुन्दर सहर धरानकी स्थायी बासिन्दा ऐश्वर्य केही वर्षयता काठमाडौंमा बसेर संगीतसम्बन्धी अध्ययन गरिरहेकी छिन्। २० वर्षीया ऐश्वर्य यतिबेला एउटा राष्ट्रिय स्तरको मोडल प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी छिन्। संगीतमा स्नातक गरेकी राईको रुचिको क्षेत्र मोडलिङ पनि हो। विशेष गरी गायन विधालाई अँगालेर अघि बढिरहेकी ऐश्वर्य अंग्रेजी गीत पनि गाउछिन्। उनको लक्ष्य भने गायिका तथा एउटा सफल मोडल बन्नु हो।

मोडलिङलाई हेर्ने दृष्टिकोण त्यति सकारात्मक छैन, यसमा परिवर्तन ल्याउन चाहन्छु,’ राईले भनिन्– ‘सफल मोडलका रूपमा स्थापित हुन हरसम्भव प्रयास गर्नेछु।’ गीति एल्बम तयार गर्ने सोच बनाए पनि मुलुकको प्रतिकूल परिस्थितिलेकठिनाइ भएको राईले बताइन्।

मोडलिङमा लाग्न उनलाई उचाइलेपनि साथ दिएको छ। ५ फिट ५ इन्च अग्ली राई भाग्यमा होइन, संघर्षमा विश्वास गर्छिन्। विभिन्न म्युजिक भिडियोबाट अफर आए पनि चित्तबुझ्दो नभएकाले अभिनय नगरेको ऐश्वर्यले बताइन्। आफ्नै जन्मथलो धरानलाई मन पर्ने स्थानका रूपमा लिने राईलाई घुम्न मन पर्ने स्थान भने मकवानपुरको दामन हो। सामाजिक काममा रुचि राख्नेराईले कठिन परिस्थितिबाट गुज्रिरहेका बालबालिकाहरूलाई आफूलेसकेको सहयोग समेत गदै आएको बताइन्।

– कान्तिपुर साप्ताहिक बाट
शब्द : शिव शर्मा
तस्विर : सुरज श्रेष्ठ/एस्टु प्रोडक्सन
लोकेसनः होटल बाराही, पोखरा

ऐश्वर्य राईको ग्ल्यामरस फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉