१६ देखि २१ वर्ष उमेरका युवायुवतीमा १० प्रतिशत यौन समस्या


१६ देखि २१ वर्ष उमेरका हरेक १० जना युवायुवती मध्ये एक जनामा चिन्ताजनक स्वास्थ्य समस्या रहेको एक अध्ययनले देखाएको छ।

Relation-conflict

बेलायतमा गरिएको अध्ययन अनुसार यौन सन्तुष्टिमा कमीको विषय तथा शिक्षाको अभावका कारण युवा युवतीहरुमा यौनिक समस्यामा वृद्धि भएको शोधकर्ताहरुको भनाइ छ। शोधकर्ताहरुले १८ सय ७५ जना यौनिक रुपमा सक्रिय तथा ५१७ जना यौनिक रुपमा निस्क्रिय १६ देखि २१ वर्ष उमेरका युवायुवतीमा अध्ययन गरेका थिए।

धेरैजसो युवायुवतीमा सम्भोगमा चरम सन्तुष्टि प्राप्त नहुने, युवाहरुमा लिंगको उत्तेजनामा कमी तथा यौन चाहनामा कमी जस्ता समस्या देखिएका छन्। यस सम्बन्धी शोध जर्नल अफ एडोलेस्टेन्टमा प्रकाशित छ।

SUBSCRIBE 👉