प्रेम प्रस्ताब त खुब राखियो – गायक जेम्स प्रधान


jems-pradhan‘भेडेटार’ नामक एल्बमबाट सांगीतिक यात्रा सुरु गरेका जेम्स प्रधानले बमभोले, चस्मी, हावा हुदै हाल आवाज लिएर छाएका छन्। करिब सात सय विज्ञापनमा आवाज भरिसकेका जेम्स प्रधानको आवाजमा जति जादु छ साथमा संगीत संयोजक, विज्ञापन निर्माता, संगीतकार, गीतकार पनि हुन । जेम्स प्रधान सँग हाम्री सहकर्मी योजना पुरीले गरेको रमाइलो कफी गफ:

के गर्दै हुनुहुन्छ आजभोली ?
काम पनि छैन फुर्सद पनि छैन यस्तै छ ।

गीत गाउदा गाउदै विज्ञापन तिर कसरी आकर्षित हुनु भयो ?
हाहा हाहा जर्वजस्ती लिएर गए राम्रो आवाज र मेहनती भनेर ।

बच्चा बेला जेम्स प्रधान कस्तो थियो ?
म एकदम चकचके जे नगर भन्यो त्यो गर्ने ।

बच्चाबेला गरेको कुनै चकचक ?
अँ…धेरै गरे मैले त कहिले रेडियो फुटाउने, कहिले टी.भी फुटाउने, कहिले घरको छतबाट हामफाल्ने ।

टिन एजमा कत्तिको पिरती गसियो त ?
प्रेम प्रस्ताब त खुब राखियो तर एउटा मात्र स्वीकार्य भयो अहिले सम्म हामी सँगै छौ ।

अहिले सम्म सिकेके तीन महत्व कुरा ….
ला मैले त तीन करोड सिकेको छु हाहाहा

तपाईमा भएका तीन कुरा जसले गर्दा केटीहरु मरिहत्ते गर्छन ?
मलाई त मरिहत्ते नै गर्दैनन खै किन हो ।

के खानेकुरा मिठो गरि बनाउन आउँछ ?
मलाई त्यस्तो मिठो पकाउन आउदैन तर सबै थोक बनाउन आउँछ ।

खाना पकाउने र भाँडा माझने एक काम रोज्नु पर्दा ?
म त भाँडा नै माझ्ने रोज्छु ।

SUBSCRIBE 👉