मलाई र मेरो पेशालाई बुझ्ने भेटेकी छैन – गायिका रिजा उप्रेती


reeza-upretiझापाबाट संगीत सिक्नकै लागि काठमाडौँ आएकी रिजा उप्रेतीले मुम्बईमा गएर समेत संगीतको शिक्षा लिएर आइन । अँगालोमा बाँधन…. गीतबाट चर्चा बटुलेकि गायिका उप्रेतीले पचास भन्दा बढी गीतमा आवाज भरिसकेकी छिन भने दुई एकल एल्बम पनि बजारमा ल्याई सकेकी छिन। उनै गायिका रिजा उप्रेतीसँग सहकर्मी योजना पुरीले गरेको कफी गफ :

बच्चा बेला कस्तो हुनुहुन्थ्यो ?
एकदम चन्चले ।

पकेट मनि कसलाई माग्नुहुन्थ्यो ?
म त कान्छी छोरी सबैलाई माग्थे ।

दिनभरि रमाइलो गनुपर्दा ?
मेरो बसाई परिवार भेटघाट गर्ने खाने , नाच्ने रमाउने यस्तै हुन्छ ।

के खाने कुरा मिठो बनाउनु हुन्छ ?
म भेजिटेरियन हुँ सबै भेज आइटम मिठो बनाउछु ।

प्रेममा पर्नु भएको छ ?
छैन ।

अहिले सम्म पर्नु भएन त ?
हो नि मन नै नमिलेर होला ।

आँट पनि गरेनन् त ?
कतिले गरे तर मैले भन्या जस्तो भेटेकी छैन ।

तपाईले भनेको जस्तो कस्तो हो ?
पढलेखेको, मेरो पेशालाई बुझ्ने ।

कतिको झुटो बोल्नु हुन्छ ?
म बोल्दिन । अरुले बोलेको पनि मन पदैन ।

तपाईमा भएका ३ कुरा जसले गर्दा केटाहरु भुतुक्कै हुन्छन ?
लौ तपाई नै भन्नुस म कसरी भन्नु हिहिहि……

तपाईको गोप्य रहस्य ?
मेरो अर्को पनि नाम छ ।

गीत गाउदा कसैले प्रेम पस्ताव आएको छ ?
छ नि…. प्रेम प्रस्ताव गीत गाउदै गर्दा आएको छ, तर म मेरो ब्वाइफ्रेन्ड छ भनेर टार्छु ।

SUBSCRIBE 👉