ट्याटु भन्दा तल हेर्यो भने अफ्ठ्यारो लाग्छ – नायिका शशि खडका


shashi-khadka-tattoo“थोरै भए पुगी सरी” टेली चलचित्रमा बाल कलाकारको रोलबाट अभिनय यात्रा प्रारम्भ गरेकी नायिका, नृत्याङ्गना एबं मोडल शशी खड्काले चलचित्र “पलपलमा” बाट नायिकाको रुपमा नेपाली सिनेमामा डेब्यु गरेकी हुन् । पछिल्लो चलचित्र “किन किन” मा अहिलेसम्मकै सेक्सी रोल निर्वाह गरेकी शशीले छातीमा पुतलीको ट्याटु खोपाएकी छिन् । इन्टरटेन्मेन्ट वेब साइटहरुमा मात्र होइन्, अखवारका कला पेजहरुमा छातीमा पुतली उडेको ट्याटू देखियेका उनको तस्बीर निकै प्रकाशित भईरहेको छ ।

सिने बजारमा तपाईले छातीमा खोपाएको ट्याटुको निकै चर्चा छ । यहि चर्चा बटुल्नको लागी ट्याटु खोपाएको हो ?
कहाँ त्यस्तो हुनु नि ? चर्चा हुन्छ भन्ने थाहा पाएको भए गालामा खोपेर आउंथे , किन छातीमा खोप्थें र ? खासमा भन्ने हो भने मैले प्लान बनाएर ट्याटु बनाएको होइन् । एकदिन दिदीको ट्याटु हान्न र मेरो ओठ छेडन ट्याटु सप गएका थियौं । तर त्यहाँको मान्छेले ‘ओठ नछेड बरु ट्याटु हान्’ भन्नुभयो । मलाई पनि राम्रै हुन्छजस्तो लाग्यो र अचानक ट्याटु हानियो । मेन्ट्ल्ली प्रिपिएर भएर हानेको होइन् ।

चर्चा पाउनको लागी नभए अन्य अंग पनि थिए, किन छाती मै हानेको ?
मैले भनिसके नि, चर्चा पाउनको लागी गरेको भए पो सोच विचार गरेर गर्थे, त्यो त रहरले हानेको हो । फेरी छाती मै हान्नुको कारणचाहि के हो भने, जाडो महिना थियो । कता हान्ने, कता ? म पनि अन्योलमा परें । दिदीले खुट्टामा हान् भन्नुभयो । ट्याटु सपको मान्छेले ‘ढाड वा नाइटोभन्दा थोरै तल हान्’ भन्नुभयो तर मलाई त्यति राम्रो लागेन । कहाँ हान्ने भन्दाभन्दै त्योबेला मैले अगाडी अलि ‘ओपन’ ड्रेस लगाएको थिए“, त्यहि भएर छातीमै हानियो ।

केही समय अगाडी करिष्मा मानन्धरले छातीको ‘त्यहि एरिया’मा ट्याटु खोपाएर धेरैको ध्यान खिचेकी थिइन् । यसरी हेर्दा त तपाईले पनि करिष्माकै सिको गरेको देखियो नि ?
त्यस्तो होइन् । मैले उहाँको सिको गर्ने भए त अभिनय, ट्यालेन्टको पो गर्थे । ट्याटुको सिको गरेर के फाइदा हुन्छ र ?

केटीहरुको संवेदनशिल अंगमध्ये छाती पनि पर्छ । तर तपाईले त्यहि ट्याटु हान्नुभयो । अफ्ठ्यारो लागेन् ?
म तपाईलाई अलि ‘क्लिएर’ गर्न चाहान्छु, छातीमै भनेर मैले ‘ब्रेस्ट’मा खोपाएको छैन् । ब्रेस्टभन्दा धेरै माथि छ । त्यसैले अफ्ठ्यारो लाग्ने कुनै भएन् ।

पुतलीकै ट्याटु खोपाउनुको अर्थ ?
पुतली ‘फ्रिडम’को पर्याय हो । उ उडेर स्वतन्त्रतामै बाचिरहेको हुन्छ । कसैको डरबिना आत्मसम्मानको साथ डुलिरहेको हुन्छ । पुतलीको त्यही विशेषताले मलाई तान्यो ।

कतिपय मान्छेले शशीले त्यहाँभन्दा तलतिर पनि ट्याटु खोपाउदै जान्छे भनेर भविष्यवाणी गरेका छन् । यो भविष्यावाणी पुरा हुने सम्भावना कतिको छ ?
नेभर, नेभर । जसले भन्नुभयो, त्यो उहाँको स्वतन्त्रताको कुरा हो । म सम्मान पनि गर्छु । मोडल भएको नाताले पेटमा केही नेभी गर्नसक्छु तर ट्याटुचाहि त्योभन्दा तल बनाउदिन । तपाई ढुक्क हुनुस्, म समाजमा पच्ने काम मात्र गर्छु ।

भनेपछि एउटी नेपाली चेलीले छातीमा ट्याटु हानेको समाजमा पच्छ ?
हन्ड्रेड पर्सेन्ट पच्छ । इट्स नर्मल ।

साच्चै ट्याटुप्रति परिवारको प्रतिक्रिया कस्तो रह्यो ?
मेरो ममी साथीजस्तै हुनुहुन्छ । हामीसंगै बसेर फेसन च्यानलहरु हेर्नुहुन्छ । मैले फोन गरेर ‘ममी म छातीमा ट्याटु बनाउछु’ भनेको थिए“ । त्यो बेला ‘नाई’ भन्नुभएको थियो । तर पछि ‘तिमीलाई राम्रँे लाग्छ, गाह्रो हुँदैन भने बनाउ भन्नुभयो । त्यसैले परिवारबाट त त्यस्तो कुनै समश्या छैन् ।

भोलीका दिनमा अन्य अगंमा पनि ट्याटु हान्ने प्लान छ ?
म कालभैरव भगवानलाई एकदमै मान्छु । त्यसैले केही समयपछि हातमा कालभैरवको ट्याटु खोपाउछु होला ।

ट्याटु हाने पछि तपाईको ‘सेक्सी लुक्स’ अझ हाई भएको फिल गर्नुभएको छ ?
म आफूलाई नै त त्यस्तो लाग्दैन् तर ट्याटु खोपाएपछि मैले जति पनि फोटोसुट गरें । त्यसबाटचाहि राम्रो फिडब्याक पाएँ । कति मान्छेहरुले त ‘ओ..शशीको पनि ट्याटु रैछ, छातीमा पुतली कति सुहाएको’ भन्नु भयो । कतिलेचाहि अझ तल हानेको भए राम्रो हुन्थ्यो पनि भन्नुभयो । त्यसैले म आफूलाईचाहि सेक्सी देखिएकोभन्दा पनि सुहाएकोचाहि छ जस्तो लाग्छ ।

यसको मतलब ट्याटु नखोपाउनु पर्ने रहेछ भनेर ‘रिर्गेट’ भएको छैन् ?
नो, नो । मलाई त निकै खुशी लागीरहेको छ । बरु त्यो ट्याटु अलि बसिरहेको छैन्, त्यसैले अलि गाढा बनाउदैछु । फेरी मेरो दिदीकै चारपाँच ठाउँमा ट्याटु भएकोले पनि मलाई कुनै अफ्ठयारो नलागेको हुनसक्छ ।

केटाले कुन ठाउँमा ट्याटु खोपाएको मन पर्छ ?
ट्याटु खोपाएका केटाहरु मलाई स्मार्ट लाग्छ । त्यसमाथि घाँटीको पछाडी बिच्छीको ट्याटु बनाएको त झन धेरै मन पर्छ ।

अन्त्यमा, एउटा रमाइलो प्रश्न, कसैले तपाईको ट्याटुमा एकोहोरो हेरिरह्यो भने के गर्नुहुन्छ ?
अफकोर्स ट्याटुमा हेर्दा त राम्रो लाग्छ, तर त्योभन्दा तल हेर्यो भनेचाहि अफ्ठ्यारो हुन्छ । त्यसैले उठेर हिड्छु ।

SUBSCRIBE 👉