नाइट बसौँ भन्नेहरू त कति हो कति ? – नायिका सोनिया शर्मा


soniya-sharmaकाम थोरै तर चर्चा धेरै। एउटै चलचित्र एटीएमबाट चर्चामा आएकी सोनिया तस्बिर पनि निकै हट खिच्छिन्। अहिले केही चलचित्र र म्युजिक भिडियोमा काम गरिरहेकी सोनियालाई यो हप्ता एक कार्यक्रममा भेटियो। निकै ग्ल्यामर्स देखिएकी थिइन् उनी। प्रस्तुत छ सोहि समयमा उनि संग हाम्रा सहकर्मी राजन घिमिरेले गरेको कुराकानीको सम्पादित अंश:

तस्बिर त निकै हट खिचिएको रहेछ नि?
– तस्बिर मात्र त्यस्तो हो। म त्यस्ती त छैन नि।

यस्तो तस्बिर खिच्नलाई कसरी आउँछ नि जोस?
– जोस होइन, यो त समयको माग हो।

समयले मागेको हो कि फोटोग्राफरले?
– फोटोग्राफरले माग्ने होइन, समयले नै मागेको हो। यस्तो खालको खिच्नुपर्योा भनेपछि उहाँहरूले खिच्ने हो। पोज, स्टाइल अनि कति खुल्ने भन्ने कुरा त हामीमा भर पर्छ नि।

तस्बिर हेर्दा र बाहिर देख्दा झुक्किएका छन् मानिस?
– किन नझुक्किनु नि, मलाई बाहिर देख्नेहरूले त चिन्दै चिन्दैनन्। ए हो र भन्छन्।

तस्बिरको भरमा घुम्न जाने र आँखा लगाउनेहरू कत्तिको छन् नि?
– कुरै नगर्नुस्। गलत सोचले घुम्न जाउँ अनि नाइट बसौँ भन्नेहरू त कति–कति। तस्बिरको भरमा ज्यान दिन्छु भन्नेहरूको सङ्ख्या धेरै छ।

उसो भए एउटा राम्रो केटा च्यापेर घरजम गरे भैगो नि त?
– अहिले नै त्यतातिर सोचिएको छैन। एक दिन त्यो गर्ने दिन पनि आइहाल्छ नि।

चलचित्र एटीएम त प्रतिबन्ध भयो नि कस्तो लागिरहेछ?
– साह्रै दुःख। निकै मिहिनेत गरिएको थियो तर बजारमा आउन पाएन।

फिल्म त भयङ्करै अश्लील र छाडा थियो भन्छन् नि?
– बजारमा हल्ला भएजस्तोचाहिँ थिएन। यो फिल्मबारे हल्ला अलि बढी नै भएको थियो।

SUBSCRIBE 👉