शरीरको तौल घटाउन चामल (भात) पकाउने नयाँ तरिका


अब तपाईको लागि तनावको दिन सकिएको छ। एक अनुसन्धानमा चामल पकाउने यस्तो नयाँ तरिका पत्ता लगाइएको छ, जसले यसको क्यालोरी कम गर्न सक्छ। श्रीलंकाको द कलेज अफ केमिकल साइन्सका शोधकर्ताहरुका अनुसार चामललाई नरिवलको तेलसँग पकाउँदा खानाबाट ६० प्रतिशत क्यालोरी कम हुनसक्छ। उनीहरुको दावी छ, चामलमा नरिवलको तेल राखेर विशेष तरिकाले पकाउँदा त्यसमा रेजिस्टेंट स्टार्चको मात्रा बढ्छ। जसबाट सुगर बोसोमा बदलिने खतरा कम हुन्छ।
How To Cook White Rice

शोधकर्ताहरुका अनुसार, यदि चामललाई नरिवलतको तेलमा पकाएर १२ घन्टाको लागि फ्रिजमा राखिपछि मात्र खाइन्छ भने यसबाट खानामा हुने क्यालोरीको मात्रा आधाभन्दा पनि धेरै कम हुन्छ।

खाना पकाउने बेला उम्लिएको पानीमा एक चम्चा नरिवलको तेल राख्नुपर्छ र फेरि आधा कप चामल राखेर पकाउनुपर्छ। ४० मिनेटसम्म पकाएपछि यसलाई चिसो बनाउन फ्रिजमा १२ घन्टासम्म राख्नुपर्छ। श्रीलंकालीलाई शोधकर्ताहरुका अनुसार ३८ किसिमका अलग अलग चामलहरुमाथि परीक्षण गरेर यो निष्कर्ष निकालेका हुन्।

उनीहरुका अनुसार यसरी खाना बनाउँदा फुड प्वाइजिनिंगको पनि आशंका गरेका छन्। जसबाट बच्न खानु अघि खानालाई केही तताउनुपर्छ। फ्रिजबाट निकालेपछि खाना एक घन्टाभित्र खाइसक्नुपर्छ। खाना तताउँदा बाफ आउनेगरी तताउनुपर्छ। खानालाई चिसो बनाएपछि पटक पटक तताउनु हुन्दैन।

SUBSCRIBE 👉