रातो केरा : मुटु सम्बन्धीका बिरामी र डायबिटीजका बिरामाीलाई लाभदायक


तपाइले पहेलो र हरियो रङको केरा त धेरै देख्नु भयो होला। खानु पनि भएको छ । तर तपाईले कहिल्यै रातो रङको केरा खानु भएको छ ? वा देख्नु भएको छ ? अचम्म पर्नु भयो रातो रङको कोरा पनि हुन्छ भनेर ? हो रातो रङको केरा अष्ट्रेलियामा पाइन्छ यसलाई रेडडकाको नामले चिनिन्छ। रातो केरा अष्ट्रेलियाको साथै वेष्ट्रइण्डिज, मेक्सिको इक्वाडोर र अमेरिकाका केही क्षेत्रमा पाइने गर्दछ। पहिला रातो केरा प्रजाती मध्ये अमेरिकाको कोस्टारिका पाइएको थियो। यहीबाट विश्वभरी निर्यात भएको मानिन्छ।
Red Banana

यो केरा गुलावी रङको हुने गर्दछ। यसको स्वाद आपँको जस्तो हुने गर्दछ। यस केरामा भिटामिन सी, कार्बोहाइड्रेट र प्रोटीन समेत पाइन्छ। यसमा फ्याट, कोलोस्ट्रोलर र सोडियमको मात्रा हुदैन। यो रातो केरा खानाले मुटु सम्बन्धीका बिरामी र डायबिटीजका बिरामाीलाई लाभदायक हुने गर्दछ।

SUBSCRIBE 👉